५ कार्तिक २०८३, बिहिबार

देश ५ मा पहिलो पटक सिकाई मेला हुँदै, तयारी तिब्र

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ८ पुस । पुस ११ गते बालबालिकाहरूका लागि सञ्चालन गर्न लागिएको एक दिने सिकाई आदान प्रदान मेलाको तयारी मावि बालापुरमा तिव्र पारिएको छ ।

यस प्रकारको मेला प्रदेश नम्वर ५ मा पहिलो पटक पश्चिम दाङको बालापुरमा हुने दावी गरिएको छ ।

सुनाखरी तुलसीपुर सिकाई मेला २०७६ को तयारीका बारेमा आज सोमबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी तयारीका बारेमा जानकारी गराएको हो ।

मूल आयोजक समितिका संयोजक एवम् माबि बालापुरका प्रधानाध्यापक सुर्वणकुमार लामिछानेले दिगो विकासका लक्ष्य प्राप्त गर्न मद्धत पुराउन, सिक्ने र सिकाउने प्रयोगात्मक बिधिलाई सवलीकरण गर्ने, विद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ताबीच बलियो संञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्न, शिक्षक र बिद्यार्थीलाई सिक्ने सिकाउने अवसर खुल्ला रुपमा प्रदान गर्न, शिक्षक र विद्यार्थीको रचनात्मक र समालोनात्मक सोचाइँ क्षमताको विकासमा मद्धत गर्न र सिक्ने र सिकाउने प्रक्रियाका साथै जीवनमा आईपर्ने समस्या समाधान गर्न शिक्षक र विद्यार्थीमा नेतृत्व गर्न सक्ने सिपको विकास गर्ने जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत १३९ विद्यालयलाई पत्राचार गरीएको जानकारी दिएका संयोजक लामिछानेले उक्त मेलामा ५ हजार विद्यार्थीले सिक्ने र सिकाउने दावी गरे ।