३१ आश्विन २०८३, शनिबार

लुम्बिनीमा छैठाैँ लुम्बिनी सडक खाना महोत्सव हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २ पुस । लुम्बिनीमा छैठाैँ लुम्बिनी सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल एसोसियसन नेपालको आयोजनामा नयाँ वर्ष २०२० को पुर्व सन्ध्यामा छैठाैँ लुम्बिनी सडक खाना महोत्सव २०७६ आयोजना हुने भएको हो ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ सङ्घले महोत्सव आयोजना गरेको हो ।

बुधवार लुम्बिनीमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै एसोसियसनका अध्यक्ष मिथुन श्रेष्ठले लुम्बिनीमा मनाउँदै आएको लुम्बिनी सडक खाना महोत्सव यस वर्ष पनि धुमधामले मनाउने उद्देश्यका साथ तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

श्रेष्ठले यस बर्षको नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा आयोजित महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य तुल्याउन संघले सक्दो प्रयास गरिरहेको बताए ।

महोत्सव डिसेम्बर ३१ मा लुम्बिनीको मुख्य बजार महिलवारमा आयोजना हुने छ । महोत्सवमा १ सय स्टल रहने छ भने आयोजकका अनुसार ४५ लाख भन्दा बढीको कारोवार र २० हजारले महोत्सव अवोलकन गर्ने अपेक्षा रहेको छ ।

महोत्सवमा लुम्बिनीको स्थानिय खाना पनि राखिनेछ । संघका महासचिव लिलामणी शर्माको अनुसार महोत्सव राष्ट्रिय स्तर बाटनै सफल गराउन लगेको जानकारी दिए ।

शर्माको अनुसार महोत्सव नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजना हुने हुनाले भारतको गोरखपुर देखी लखनउ सम्मका ७० प्रतिशत भन्दा बढी पर्यटक लुम्बिनीमा आउने जानकारी दिए ।

यस्तै कार्यक्रममा संघका सल्लाहकार हेम बिष्टले लुम्बिनीको स्थानिय महोत्वका खानालाई ब्राण्डको रुपमा स्थापित गर्ने उद्देश्यका साथ कमिटी बनाएरै अध्ययन भएको बताए ।

बौद्धकालमा लुम्बिनीमा दुधकार परिकार बढि प्रयोग भएको पाइएको जानकारी विष्टले दिए । कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष गोबिन्द ज्ञवालीले महोत्सवमा बिभिन्न ५ वटा संस्कृतिक प्रस्तुती समेत हुने बताए ।

ज्ञवालीका अनुसार महोत्सवमा नेवारी, थारु, पन्चे बाजा, नौमती बाजा, लाखे नाच, बिराहा संस्कृती, पन्जावी लगायत हुनेछ । महोत्सव प्रदेश नं ५ सरकारको सहयोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोषको सह आयोजनामा हुनेछ ।