२९ आश्विन २०८३, बिहिबार

थाहा पाउनुहोस ! कति पढेका छन् बलिउडका यी सुपरस्टार कलाकारले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

undergraduate-film-stars-54f2c035657ba_exlstमुम्बई । चलचित्रको दुनियाँमा बलिउड विश्वमै अगाडी छ । हलिउडपछि ठुलो बजार बलिउड नै हो । बलिउडमा यस्ता ठुला कलाकार छन् । जसले एसएलसी सम्म पास गर्न सकेका छैनन् । कोहीले उच्च शिक्षा पनि पास गरेका छैनन् । बलिउडका सुपरस्टारको शिक्षाका बारेमा थाहा पाउन पढ्नुहोस् । अमर उजालाले केही एक्टरका बारेमा चर्चा गरेका छ ।

सलमान खान : बलिउडका दंबग भनेर चिनिने सुपरस्टार नायक सलमान खानले एसएलसी मात्रै पास गरेका छन् । salman-khanअहिले बलिउडमा स्टार नायकको रुपमा परिचित सलमानले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । उनले चलचित्रकै लागि आफ्नो अध्धयन गर्न सकेका थिएनन् ।

कट्रिना कैफ : बलिउडकी चर्चित नायिका कट्रिना कैफ पनि पढाईका ममलामा कमजोर छिन् । katrina-kaifउनले शिक्षालाई बुझ्न नसक्दा एसएलसी सम्म पनि पास गर्न सकेकी छैन् । १४ वर्षको उमेरदेखि मोडलिंगबाट यात्रा सुरु गरेकी कट्रिना अहिले बलिउडमा नम्बर वान नायिका हुन् ।

काजोल : १८ सालको उमेरमा बलिउड प्रवेश गरेकी काजलको पनि शिक्षा धेरै छैन् । काजोलले बलिउडमा अब्बल अभिनयले ठुलो स्थान पाइन् ।kajol तर अध्ययनमा उनले हाइस्कुल पनि पास गरेकी छैनन् ।

दीपिका पादुकोण : दीपिका पादुकोणले बैंगलोरको माउन्ट कार्मेल कलेजमा उच्च शिक्षाका लागि भर्ना गरेकी थिईन् । dipikaतर मोडलिंगमा लागेपछि उनको पढाई चौपट भयो । उनी अहिले बलिउडमा सुपरस्टार नायिकाले चिनिन्छिन् ।

करिना कपुर : करीना कपूरलाई अहिले पनि आफ्नो पढाई पूरा नगरेकोमा पछुतो हुने गरेको छ । kareenaउनले १२ कक्षा सम्म मात्रै पढेकी छिन् । तर, अभिनयको संसारमा पसेपछि उनको पढाई सपना पूरा हुन सकेन् ।

अनुष्का शर्मा : नायिका अनुष्का शर्माले बैंगलोरबाट आफ्नो पढ़ाईको सुरुवात गरेकी थिईन् । anuskaआर्मी स्कूलबाट १२ कक्षा पास गरेकी अनुष्काले उच्च शिक्षाका लागि कलेज समेत भर्ना भएकी थिईन् । तर मोडलिंग हुँदै अभिनेत्री बनेपछि उनको पढाई चौपट भयो ।

आलिया भट्ट : बलिउडमा स्टुडेण्ट अफ द इयरबाट प्रवेश गरेकी आलियाको अध्ययनले उच्च शिक्षालाई छोप्न सकेन् । aliyaअभिनयमा लागिसकेपछि बलिउडमा नयाँ स्टार बनिन् । जसले उच्च शिक्षालाई निरन्तरता दिन सकिनन् ।

आमिर खान : बलिउडमै सबैभन्दा चर्चित चेतशील नायक आमिर खानले पनि उच्च शिक्षा पूरा गरेका छैनन् । amirउनले मात्रै १२ पास गरेका छन् । बच्चादेखि एक्टिंगमा सक्रिय आमिर चलचित्रमा आएपछि पढाई पूरा गर्न सकेनन् ।

अक्षयकुमार : बलिउडका चर्चित एक्शन हिरो अक्षय कुमारले पनि १२ पास मात्रै गरेका छन् । aakchaya-kumarउनले चलचित्रका लागि नभइ मार्सलाटका लागि पढाई छाडेका हुन् । उनी मार्सलाटबाट हिरो बनेपछि पढ्ने समय पाएनन् ।

करिश्मा कपुर : बलिउडमा प्रवेश गर्ने वित्तीकै हट मोडल करिश्माले बबाल मच्चाएकी थिईन् । सेक्सी परिहनले निकै चर्चामा थिईन् । karishma-kapoorएक्टरहरु सबैभन्दा कम एजुकेटेट अभिनेत्री करिश्मा नै हुन् । उनले जम्मा ६ कक्षा सम्म मात्रै पढेकी छिन् । उनले सेक्सी हिरोइनकोउपाधि समेत पाएकी थिईन् ।