१४ कार्तिक २०८३, शनिबार

बलात्कार प्रयास अभियोगमा वडाध्यक्ष पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २५ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडा अध्यक्ष लक्ष्मी साहलाई महिलामाथि बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरेको हो ।

एक महिलाले आफूलाई साहले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकहाँ दर्ता गरेपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।