१४ कार्तिक २०८३, शनिबार

आमा–छोरीको कुहिएको अवस्थामा शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर ।  वीरगञ्ज महानगरपालिका वडा नं १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ ।

मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं। २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ ।

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले ढोकाको ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव भेटिएको थियो ।

शव कपडाले बेरेर राखिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् ।