
सुनसरी, २० मंसिर । बलात्कार अभियुक्त सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीले ७ दिनको म्याद थपेको छ ।
यसअघि चार दिन म्याद दिएको थियो । विहीबार म्याद सकिएपछि सुनसरी प्रहरीले अनुसन्धान नसकिएको भन्दै अदालतसँग म्याद थप गर्न माग गरेको थियो ।
गिरीलाई शुक्रबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा छन् । उनी उपचारका क्रममा रहेका कारण प्रहरी हिरासतभित्र भने रहने छैनन् । उनीमाथि लागेको आरोपबारे प्रहरीले अस्पतालमा नै बयान लिनेछ ।
अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ ।
४ कात्तिकमा गिरीले बलात्कार गरेको भनी एक महिलाले उजुरी दिएकी थिइन् ।















प्रतिक्रिया