
चितवन, १६ मंसिर । चितवनमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादा तीन जना घाइते भएका छन् ।
खैरहनी नगरपालिका – ९ स्थीत ना २० प २३१२ नं को मोटरसाईकल र अनटेस्ट मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २० प २३१२ नम्बरका चालक खैरहनी ९ कै अन्दाजी ३६ वर्षीय तेजप्रसाद पाण्डे र उनका श्रीमती अन्दाजी ३० वर्षीय भावना पाण्डे घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
पुरानो मेडिकल कलेजमा उपचाररत उनीहरूको अवस्था मध्ययम रहेको छ ।
सोही घटनामा अनटेस्ट मोटरसाईकलका चालक खैरहनी ९ कै अन्दाजी ३० वर्षीय स्याम चौधरीको अवस्था भने गम्भिर रहेको छ ।
चौधरीको पनि पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको छ ।












प्रतिक्रिया