६ कार्तिक २०८३, शुक्रबार

मेडिसिटी अस्पतालभित्र डाक्टरले युवतीकाे गाेप्य अंग समाएपछि…

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

आइतबार उपचारका लागि आएकी बिरामी युवतीलाई चेकजाच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।

मेडिसिटी अस्पताल बेलाबेला विवादमा पर्दै आएको छ । यो अस्पतालमा एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोका लगानी छ ।

पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

उनका अनुसार सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी युवतीलाई इमर्जेन्सी वार्डसँगैको कोठामा डा. झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

पक्राउ परेका डा.झा मेडिसिटी अस्पतालमा इमर्जेन्सी विभागमा कार्यरत छन् ।

ती युवतीले आफूलाई डा. झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् ।

जाहेरीमा उल्लेख भएअनुसार डा.झाले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् ।

डाा.झमाथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्तर्गत अनुसन्धान शुरु भएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

उनका अनुसार डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिनेछ ।