काठमाडौं । अभिनेत्रीहरु जन्मदिन मनाउँछन्, तर कतियौ जन्मदिन भने लुकाउँने गर्दछन् । हलिउड, बलिउड होस् या कलिउड सबैमा चलचित्र नगरीमा चलेको परम्परा यही हो ।
कलिउड अर्थात नेपाली चलचित्र नगरिकी पछिल्लो समयकी ब्यस्त अभिनेत्री प्रियंका कार्कीले भने सबै कुरा खुलाउँदै आफ्नो २८ औं जन्मदिन मनाइन् ।
निर्माणधिन चलचित्र ‘वडा नम्बर ६’ युनिटका विषेश गरी निर्माता दीपकराज गिरी र दीपाश्री निरौलासँग उनले आफ्नो जन्मदिनको खुसी साटिन् ।
तिथिका हिसाले महाशिवरात्रीमा परे मितिका हिसाबले उनले हरेक वर्षको फागुन १५ मा जन्मदिन मनाउने गरेकी छन् ।
सिम्पल तरिकाले जन्मदिन मनाउने गरेकी उनले यो वर्ष केही संकल्प नगरेको बताइन् । ‘म जस्तो छु सधैभरि त्यस्तै रहिरहन पाउँ’ उनले कामना गरिन् ।
उनले भनिन् ‘सानैदेखि इच्छाएको चलचित्र क्षेत्र भएकोले कुनै गुनासो छैन ।’ आगामी दिनमा अहिलेका भन्दा पनि राम्रा चलचित्र अभिनय गर्ने चाहना आफूमा रहेको उनले सुनाइन् । प्रियंकाले थपिन् ‘मेरा लागि कामभन्दा ठूलो केही छैन ।’
आफू अहिले दयाहाङसँग निकै नजिक रहेको बताउने उनले आफ्नो नजिकको सम्बन्धलाई मिल्ने साथीको नाता लगाइन् । दयाहाङसँग प्रियंकाले पछिल्लो समय ‘वडा नम्बर ६’ र ‘हाउ फन्नी’मा अभिनय गरिरहेकी छन् ।
उनलाई जन्मदिनको पहिलो शुभकामना भाई सान बस्न्यातले गरे । सानले उनलाई दुई वटा कितावसमेत उपहार दिए ।
कतिपय साथीहरुले आफूलाई चकलेट उपहार दिएको उनले सुनाइन् । जन्मदिनको सबैभन्दा राम्रो गिफ्ट उनले आमाबाट बैजनी रंगको लेहेङ्गा पाइन् ।
सामाजिक संजालबाट पनि जन्मदिनको शुभकामना पाएकी प्रियंकाले सबै शुभचिन्तकहरुलाई आभार ब्यक्त गरेकी छन् ।
सन् २०११ बाट चलचित्र प्रवेश गरेकी प्रियंका अभिनित पहिलो चलचित्र ‘मेरो वेस्ट फ्रेन्ड’ । रिलिजको हिसाबले पहिलो ‘थ्री लर्भस’ ।
करीब १ दर्जन चलचित्रमा अभिनय गरिसकेकी प्रियंका नपत्याउदो पाराले चलचित्र नगरीमा छाइरहेकी छन् ।

















प्रतिक्रिया