
काठमाडौँ, ८ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काँग्रेस सभापति शेरबहादुर देउवाले सीमा विवादको बिषयमा प्रधानमन्त्री ओलीको विरुद्वमा अर्नगल प्रचार गरेर आफ्नो दुनो सोझो बनाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नयाा नक्सा सार्वजनिक गरेको भन्दै शनिबार एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आरोप लगाएका थिए ।
नेपाली कांग्रेसको पालामा नेपालको सीमा अतिक्रमण भएको र विभिन्न राष्ट्रहित विपरीतका सन्धिमा समेत कांग्रेसको हात रहेको बाँस्कोटाको आरोप रहेको थियो ।
अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको बताए । भारतले गरेको नाकाबन्दीका समयमा पनि देउवा लुकेर बसेको र अहिले आएर सबै राम्रो मैलै गरेको भनेर देउवाले देखाउन खोजेको बाँस्कोटाले आक्षेप लगाए ।
देउवा नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएकाे ? भन्दै बाँस्कोटाले प्रश्न गरेका थिए । चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्न नहुने बाँस्कोटाकाे भनाइ रहेकाे थियाे ।
यो सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत नभएको प्रष्ट पार्दै उनले अरु कसैको एक इन्च जमिन पनि नचाहिएको र आफ्नो जमिन समेत अरुलाई नदिने बताए ।















प्रतिक्रिया