६ कार्तिक २०८३, शुक्रबार

देउवाको अभिव्यक्तिको जति निन्दा र भत्सर्ना गरे पनि कम हुन्छ : प्रवक्ता श्रेष्ठ

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाले कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।

कांग्रेस सभापति देउवाले शनिवार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिबाट नै भारतले नक्सा सार्वजनिक गरेको आरोप लगाएपछि नेकपाले यसको विरोध गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवाले ओलीमाथि लागएको आरोप निराधार रहेको जनाएका हुन् । उनले भारतले जारी गरेको नयाा राजनीतिक नक्सालाई लिएर पार्टीसाग जोडेर दिएको अभिव्यक्तिप्रति नेकपा प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत देउवाको आरोपको खण्डन मात्र नभई सो आरोप निन्दनीय भएको बताउनुभएको छ । श्रेष्ठले देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्सर्ना गरे पनि कम हुने उल्लेख गरेका छन् ।