इटहरी, १६ फागुन । शनिवारदेखि सुरु भएको १७औँ रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक क्लब धरानले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोल अन्तरले पराजित गरेकोे छ ।
विजेता धरान क्लबका तर्फबाट सुरुवातीको २०औँ मिनेटमा एड्रिक अब्बाले पहिलो गोल गरेका थिए भने मध्यान्तरपछिको ५३औँ मिनेटमा निधन खड्का, ६४औँ मिनेटमा प्रकाश बुढाथोकी र अन्तिम समयमा शशि राईले गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत भोलिको दोस्रो खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र पोखरा–११ कास्कीबीच हुनेछ ।













प्रतिक्रिया