काठमाडौं, १६ फागुन । अष्ट्रेलियामा जारी विश्वकप क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले शनिवारको खेलमा शानदार जित हात पार्दै लगातार तेस्रो जित दर्ता गरेको छ ।
शनिवारको खेलमा भारतले यूएईलाई ९ विकेटले पराजित गर्दै विश्वकप उपाधि जित्ने सम्भावनालाई बोलियो बनाएको हो ।
टस जितेर ब्याटिङ उत्रिएको यूएईले निर्धारित ५० ओभरको खेलमा ३१.३ ओभरमा अल आउट हुँदै १०२ रन मात्रै बनाउन सकेको थियो ।
भारतका सामु यूएई निरीह बन्यो । १०३ रनको झिनो विजयी लक्ष्य पाएको भारतले १८ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
भारतका लागि रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । यस्तै विराट कोहलीले ३३ तथा शिखर धवनले १४ रन बनाए । युएईका लागि रोहन मुस्ताफाले भारतीय टिमबाट १ विकेट लिए सफल भए ।
यसअघि युएईका लागि साइमन अनवारले टिममा सबैभन्दा बढी ३५ रन बनाएका थिए । यस्तै कुराम खानले १४ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंक जोड्न नसक्दा लज्जास्पद हार व्यहोर्नपर्यो ।
भारतका लागि रविच्नद्रन आश्विनले चार तथा रविन्द्र जवेदाले २ विकेट लिएका थिए । भारतले अब सेमिफाइनल यात्रा तय गरिसकेको छ । घोषणा हुन मात्रै बाँकी छ ।














प्रतिक्रिया