५ कार्तिक २०८३, बिहिबार

शान्ति सुरक्षासहित पत्नी झिकाइ जिम्मा लगाइपाउँ भनेर पतिले दिए निवेदन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडाैं, १ मंसिर । पत्नीबाट पीडित भएको भन्दै न्याय माग्ने श्रीमानको संख्या बढ्दो छ । पश्चिम नवलपरासीमा पत्नीपीडितका मुद्दा बढ्दै गएका हुन् ।

त्यसरी पीडित भएका पुरुष जिल्ला प्रशासन र अदालतको सहारामा पुग्न थालेको तथ्यांकले बताउँछन् । एक महिनाअघि रामग्राम नगरपालिका–१५ का २० वर्षीय एक युवक प्रशासनमा माइत गएकी पत्नी फर्काइदिन माग गर्दै निवेदन लिएर पुगे ।

गत वैैशाखमा बिवाह गरेकी पत्नी माइत गएदेखि पटक–पटक लिन गए पनि नआएको भन्दै निवेदन दिएका हुन् ।

बिहे भएको दुई महिनापछि माइत गएकी उनकी पत्नी अझै केटाको घरमा फर्केकी छैनन् । लिन जाँदा सासू ससुराले छोरी बिनाकारण नपठाउने भन्दै आफूलाई फर्काउने गरेको ती युवकको गुनासो छ ।

‘धेरेपटक लिन पुगें, तर उनले आउन नमानेपछि ससुरालीले पनि पठाएनन्’ प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदै उनले भने, ‘शान्ति सुरक्षासहित पत्नी झिकाइ जिम्मा लगाइपाउँ ।’

प्रमुख जिल्ला अधिकारी शम्भु मरासीनीले पत्नीसँग झगडा भएपछि माइत जाने र घर नआउने गरेको भन्दै निवदेन दिएको संख्या बढ्न थालेको बताए ।

यस आर्थिक वर्षमा यस्ता उजुरी करिब ७/८ वटा आइसकेको उनले बताए । त्यसरी आउने निवेदनमा विवाह भएको केही समयमै मनुमुटाव बढ्ने र एक अर्कासँग बस्न नसकिने अवस्था रहेको उल्लेख गरिएको हुन्छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।