५ कार्तिक २०८३, बिहिबार

कांग्रेसले खटायो प्रतिनिधि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । मंसिर १४ मा हुने उपनिर्वाचन पार्टीका पक्षमा चुनावी माहोल बनाउन कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाएको छ। जिल्लाकै माग अनुसार संघ, प्रदेश र स्थानीय तहमा कांग्रेसले केन्द्रबाट नेता खटाएको हो।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको कांग्रेसले जिल्ला कार्यसमितिको माग बमोजिम केन्द्रबाट प्रतिनिधि खटाएको हो।

संघअन्तर्गत उपनिर्वाचन हुने कास्की २ मा कांग्रेसले केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई पठाएको छ। रिजाल केही दिनदेखि पोखराका चुनावी अभियानमा सक्रिय छन्। त्यस्तै प्रदेशसभातर्फ भक्तपुरमा मोहन बस्नेत, बागलुङमा शंकर भण्डारी र दाङमा देवेन्द्रप्रसाद कँडेललाई पठाएको छ।

‘जिल्लाकै चाहनाबमोजिम केन्द्रले नेतालाई पठाएको हो’, पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘निर्वाचन क्षेत्रमा बसेर उहाँहरूले स्थानीय नेतासँग समन्वय गर्ने, पार्टीका पक्षमा चुनावी माहोल बनाउने काम गर्नुहुन्छ।’

त्यस्तै कांग्रेसले धरान उपमहानगरपालिकामा महेश आचार्य, महोत्तरीको पिपरा गाउँपालिकामा फरमुल्लाह मन्सुर, पाँचथरको फाल्गुनन्द गाउँपालिकामा देउमान थेवे र हुम्लाको खार्पुनाथ गाउँपालिकामा जीवनबहादुर शाहीलाई खटाएको छ।

कांग्रेसले उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ। महंगी, भ्रष्टाचार, अधिनायकवादलाई कांग्रेसले चुनावी नारा बनाउँदै सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने जनाएको छ। सरकारप्रति नागरिकमा निराशा छाएको निष्कर्श निकालेको कांग्रेसले चुनावी परिणाम आफ्नो पक्षमा आउने विश्वास गरेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।