पोखरा, २० कात्तिक । उपनिर्वाचन नजिकिँदै आउँदा कास्कीमा राजनीतिक सरगर्मी बढेको छ।
उपनिर्वाचनका लागि साना दलले उम्मेदवार घोषणा गर्नेदेखि घरदैलो अभियान थालिसकेका छन भने ठूला दल उम्मेदवार चयन र सम्भावित मत परिणाम जोड घटाउमा जुटेका छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा कास्की २ मा उपनिर्वाचन हुँदैछ।
कास्की–२ मा नेकपाले विद्या भट्टराइलाई उम्मेदवार बनाएको छ। भट्टराईलाई जिताउन सम्पूर्ण पार्टी परिचालन गर्ने निर्णय गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।
‘वैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचारसहित उपनिर्वाचनमा भट्टराईलाई जिताउने हाम्रो लक्ष्य हो,’ मंगलबार आयोजित पत्रकार भेटघाटमा थापाले भने, ‘त्यसका लागि निर्वाचन हुने ११ वटै वडामा निर्वाचन परिचालन समिति बनाएर अघि बढ्ने तयारी छ।’
तत्कालीन पर्यटनमन्त्री एवं प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ रिक्त छ। भट्टराई अधिकारी पत्नी हुन्। प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा ‘हाई कमान्ड’ टिम बनाएर प्रचारप्रसार थाल्ने अध्यक्ष थापाले बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया