५ कार्तिक २०८३, बिहिबार

कच्चा पदार्थलाई छुट्टै बन्दरगाह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगन्जमा कच्चा पदार्थको छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो।

औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण हुन लागेको हो। औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिनेछ।

हाल सञ्चालनमा रहेको वीरगन्जको सुक्खा बन्दरगाह नजिकको १० देखि १५ किलोमिटर आसपासमा औद्योगिक कच्चा पदार्थको बन्दरगाह निर्माण गर्न लागिएको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

भारतसहित तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ (क्लिंकर, कोइला, रासायनिक मल, फलामे तथा स्टिल रड, फ्लाई एस, बिटुमिनलगायत) सोझै रेलमार्गबाट सुरक्षित र प्रदूषणरहित आयात गर्न नेपालमै पहिलो बन्दरगाह निर्माण गर्न लागिएको हो।

क्लिंकर, कोइला, रसायनिक मल, फलामे तथा स्टिल रड, फ्लाई एस, बिटुमिन, सीआर सिट, सिक्केट, पोलिथिन दाना, सोडियम सल्फेट, इलेक्ट्रलाइट टिन प्लेट, कार्बन, लिड सिसा, क्लोरिन, काँचको एम्पुल र स्टिल वायर रड इन क्वाइल आयात हुन्छ।

यसैगरी एमएस र एचआर सिट, प्लास्टिकका सिट, फिल्म, फाइवर, दाना पत्ती, एचआर सिट, कपर वायर, कास्टिक सोडा, तार, जंक इन्गट, आल्मोनियमलगायत ३५ भन्दा बढी प्रकारका औद्योगिक कच्चा पदार्थ ‘डर्टी डस्टी कार्गो बल्क’ का रूपमा आयात हुन्छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।