५ कार्तिक २०८३, बिहिबार

धानको बिउ नक्कली, ९ जिल्लामा १५ करोडको क्षति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । छिटो र धेरै फल्ने भनेर सरकारले दिएको धानको बिउबाट कम्तीमा ९ जिल्लाका किसान ठगिएका छन्। गरिमा जातका नाममा दिइएको बिउ अर्कै जात नखुलेको परेको छ। यही कारण धान नफल्दा १५ करोडभन्दा बढीको क्षति पुगेको छ।

बालै लगागेपछि चितवन, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, तनहुँ र लमजुङका सयौं किसानले ठूलो क्षति व्यहोर्नुुुुपरेको छ। उनीहरूले हाइब्रिड जातको गरिमा धानको बिउ रोपेका थिए। तर, बिउ हाइब्रिड जातको गरिमा नभएको अध्ययन समितिले फेला पारेको छ।

बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा ‘गरिमा एफ वान हाइब्रिड’ भनेर सूचीकृत भए पनि किसानले लगाएको बिउ जातै नखुलेको उन्नत जातको भएको फेला परेको हो। गरिमा भनेर बिउ प्रयोग गरेका किसानको खेतमा बाली नलाग्दा सरकारले अध्ययन गर्न लगाएको थियो।

अध्ययनमा संलग्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैैज्ञानिकले बिउ गुणस्तर नियन्त्रण केन्द्रमा गरिमा एफ वान हाइब्रिड भनेर दर्ता भए पनि किसानले प्रयोग गरेको बीउबीच कुनै मेल नखाएको बताएका छन्।

९ जिल्लाको एक हजार पाँच सय ३३ हेक्टरमा धानको बोटमा बाला नलाग्दा १५ करोड ५७ लाख मूल्यको पाँच हजार आठ सय २५ टन धानबाली क्षति भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।