५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री भेटघाट बन्द गरेर आराममा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम गरेका छन् ।

चिकित्सकहरुले उनलाई धेरै आरामको जरुरत रहेको भन्दै भेटघाट र बैठकहरु नगर्न सुझाव दिएका छन् । त्यसैले प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारस्थित निवासको माथिल्लो तलामै नै आराम गरिरहे ।

उनले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई मात्र भेटे। अन्य भेटघाट र बालुावाटारमै यसअघि हुने खालको कार्यक्रमहरु राखिएन।

दाहालसँग दिउँसो केहीबेर आरामकक्षमै कुराकानी गरेका ओलीले ‘विस्तारै ठीक हुँदैछ, बाँकी विषयमा अलि निको भइसकेपछि कुरा गरौला’ भनेको उनीहरु निकट स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले दाहाल र उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका केही विषयहरुमा निर्णय गर्नुपर्ने भन्दै सचिवालयको बैठक बोलाउने विषयमा परामर्श गरेका थिए।

दाहाल र पोखरेलसँगको कुराकानी पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शनिबार बिहान १० बजेका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन्।

पार्टीभित्र लामो समयदेखि पार्टी एकताका काम रोकिइरहेका छन्। त्यस्तै उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउनुपर्ने काम पनि बाँकी छ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थासहित पार्टीका रोकिएका काम अघि बढाउनेबारे परामर्श गर्न सचिवाय बैठक बोलाएका हुन्।

यसअघि दाहालले बिहीबार पनि ओलीसँग अस्पतालमै झण्डै १ घण्टा कुराकानी गरेका थिए। त्यसक्रममा ओलीले अलि छिटोछिटो समस्या देखिएकाले अस्पताल आउनुपरेको ओलीले बताएका थिए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।