५ कार्तिक २०८३, बिहिबार

माथिल्लो त्रिशुलीलाई ५१ अर्ब, विदेशी लगानीको अहिलेसम्मकै ठूलो जलविद्युत्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजना बनाउन विभिन्न नौ वटा विदेशी संस्थाले करिब ५१ अर्ब रुपैयाँ (४५ करोड ३१ लाख ४० हजार अमेरिकी डलर) लगानी गर्ने भएका छन्।

रसुवामा निर्माण हुन लागेको यो आयोजना बनाउन लगानीकर्ता र आयोजना विकासकर्ता नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच शुक्रबार ऋण लगानी सम्झौता भएको छ।

अर्थमन्त्री युवराज खतिवडा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा नौ वटै अन्तर्राष्ट्रिय वित्तीय साझेदारबीच सम्झौता भएको हो। सम्झौतामा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सम्बन्धित विदेशी लगानीकर्ता कम्पनीका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।

कोरियाली कम्पनी र नेपालबीचको साझेदारीमा बन्न लागेको यो आयोजनामा आन्तरिक खपतको निम्ति बन्ने प्रत्यक्ष विदेशी लगानीको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना भएको उल्लेख छ।

कोरियाली कम्पनी डलिम इन्ड्रस्टियल कम्पनी लिमिटेड र क्येर्योङ कन्स्ट्रक्सन इन्डस्ट्रियलले संयुक्त रूपमा इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा यो आयोजना बनाउनेछ।

यो आयोजना प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन कम्पनी कोएनको ५० प्रतिशत, डेलिमको १५ प्रतिशत तथा क्येर्योङको १० प्रतिशत, आईएफसीको १५ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत सेयर लगानी छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।