धनुषा, १४ कात्तिक । गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ ।
खासगरी अतिविपन्न तथा बेरोजगार पारिवारले छोरीलाई बिहेमा दिनुपर्ने दाइजो, वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम, स्वास्थ्योपचारलगायत सामान्य घरखर्च चलाउन पनि ऋण लिनुपर्ने बाध्यता छ ।
तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन् ।
जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् ।
मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए । तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन् । नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया