५ कार्तिक २०८३, बिहिबार

घोराहीमा खुल्यो एक करोडको लगानीमा मेट्रो दाङ रेष्टुरेण्ट एण्ड बार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, ९ कात्तिक । घोराही १५ स्थित बिआर डेण्टल नजिकै झन्डै एक करोडको लगानिमा घोराहीका तिन जना युवा मिलेर मेट्रो दाङ नाम दिएर रेष्टुरेण्ट एण्ड बार सन्चालनमा आएको छ ।

केही समय अगाडिदेखि सो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । रेष्टुरेन्टमा लगानी गर्ने युवा व्यवसायीहरुमा घोराहीका सन्तोष गिरि, श्रीधर गिरि, विष्णु नारायणराज भण्डारी रहेका छन् ।

काठमाण्डाैँको बानेश्वरमा मेट्रो रेष्टुरेन्ट सञ्चालनमा आइसकेको छ । दाङ घर भइ हाल काठमान्डौलाई कर्मथलो बनाएका दङ्गाली व्यवसायी सन्तोष गिरीको अगुवाईमा दाङमा पनि उक्त होटल सञ्चालनमा ल्याईएको हो ।

रेष्टुरेन्टमा इन्डियन, नेपालि, चाइनिज खाना खुवाउनुका साथै खाजा नास्तासमेत पाइने सञ्चालक गिरीले बताए ।

व्यवसायी गिरीले होटल क्षेत्रमा रहेका दक्ष जनशक्ति आफुकहाँ रहेकोसमेत बताए । विभिन्न देशहरुमा कुकिङ क्षेत्रमा लामो अनुभव संगालेका कुकहरुसमेत रहेको भन्दै एकपटक सेवा गर्ने अवसर दिन सबैमा गिरीले अनुरोध गर्नु भएको छ ।

पुर्ण पारिवारिक वातावरणको व्यवस्थापनको साथमा रेष्टुरेन्ट खोलेको पनि गिरीको भनाई छ ।