५ कार्तिक २०८३, बिहिबार

रुपन्देहीमा तिहारका लागि ५२ लाख बराबरको कृत्रिम माला अयात

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, ९ कात्तिक । रुपन्देहीको बेलहीया नाका भएर यस पटक तिहारका लागि ५२ लाख बराबरको कृत्रिम माला भित्रिएको छ । तिहार आउन केही दिन बाँकी रहेकाले यो केही बढ्न सक्ने भैरहवा भंसार कार्यालयका प्रवक्ता कालिराम पौडेलले बताए ।

गत आर्थिक वर्षको यसै समयमा भैरहवा भन्सार कार्यालय भएर वर्षमा ५४ लाख ४१ हजार रुपैयाँको कृत्रिम माला भित्रिएको थियो । यो वर्ष ५२ लाख ४४ हजार रुपैयाँ बराबरको माला भित्रिएको छ ।

नेपालीहरुको दोस्रो ठुलो महानचाड दिपावलीसँगै भैरहवाको बेलहीया नाका भएर कृतिम माला सँगसँगै फुलका मालाहरु रुपन्देहीको सदरमुकाम भैरहवाको मुख्य बजारलाई तिहार लागेको छ ।

अहिले भैरहवा बजार क्षेत्र भारतबाट आयात भएका कृत्रिम मालाको कारण झकिझाकाऊ भएको छ । रुपन्देहीको भैरहवा भन्सार कार्यालय बाट तिहारको लागि भित्रने कृत्रिम माला आयात यस बर्ष पनि उच्च रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा तिहारको लागी आउने कृत्रिम माला ५० लाखभन्दा धेरै मुल्यको आयत भएको छ । कृत्रिम मालाको आयत धेरै भएपछि भैरहवाको मुख्य बजार क्षेत्रमा सयपत्री र मखमली फूलका मालाहरु भन्दा कृत्रिम मालानै अत्याधिक देख्न थालिएको छ ।

रुपन्देही भन्सार कार्यलायका अनुसार गत आर्थिक वर्षमा ५४ लाख ४१ हजार रुपैयाँको कृत्रिम माला भित्रिएकोमा यो वर्ष ५२ लाख ४४ हजार रुपैयाँ बराबरको माला भित्रिएको छ ।

गत वर्षको तुलनामा यो केही कम भएपनि सन्तोषजनक रुपमा भने घट्न सकेको छैन । यस वर्ष करिव १३ हजार ७ सय २७ किलो कृत्रिम माला भैरहवा भंसार हुँदै नेपाल भित्रिएका छन् ।

यस्तै भैरहवा भंसार हुदै फुलको माला पनि अत्याधिक मात्रामा आयात हुने गरेको छ । भैरहवा भंसार कार्यालयका प्रबक्ता कालिराम पौडेलका अनुसार हाल सम्म करिव ३६ हजार १ सय ५६ किलो अर्थात ९ लाख ६७ हजार रुपैया बराबरको फुलको माला नेपाल भित्रिएको छ ।

रुपन्देहीमा पछिल्लो समय सयपत्री फुलको खेती बढे पनि भारतबाट आयात हुने कृत्रिम तथा फुलको मालामा कमी आउन सकेको छैन । भैरहवाको मुख्य बजार क्षेत्रमा कृत्रिम मालाले बजारको ठुलो हिस्सा ओगटेको छ ।