५ कार्तिक २०८३, बिहिबार

भारतबाट पाइपलाइनमार्फत ग्यास पनि ल्याइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ कात्तिक । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ ।

भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निमग र इन्डियन आयल कर्पोरेसन (आईओसी)बीच सहमति भएको छ ।

मोतीहारी–अमलेखन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ ।

करीब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिने छ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आईओसीसँग भएको हो। नागरिक दैनिकले खबर छापेकाे छ ।