५ कार्तिक २०८३, बिहिबार

डुइङ बिजनेसमा नेपालमाथि उक्लियो : ११० बाट ९४औं स्थानमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । व्यवसाय गर्ने वातावरणमा नेपाल सुध्रिएरमाथि उक्लेको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘डुइङ बिजनेस’ रिपोर्टले नेपालमा लगानीको वातावरण सुधार भएको उल्लेख गरेको हो ।

‘डुइङ बिजनेस–२०२०’ प्रतिवेदनअनुसार नेपाल ९४औं स्थानमा उक्लेको छ । गत वर्ष ११०औं स्थानमा रहँदा अर्थमन्त्री डा. युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक सभाहरूसमेत विश्व बैंकसँग असन्तुष्टि पोखेका थिए । सन् २०१८ मा नेपाल १०५औं स्थानमा थियो ।

डुइङ बिजनेसका १० सूचकांकमध्ये ५ मा सुधार, २ सूचकांक स्थिर र तीनवटामा गिरावट आएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

उता भारत पनि अघिल्लो वर्षको तुलनामा १४ अंक सुधार गरी ६३औं स्थानमा उक्लेको छ । नेपालले १६ अंक सुधार गरी माथि उक्लिँदा पनि व्यावसायिक वातावरण उल्लेख्य सुधार गर्ने २० देशमा नेपालले आफ्नो स्थान सुरक्षित गर्न सकेको छैन ।

प्रतिवेदनअनुसार भारत, चीन, पाकिस्तान, बंगलादेश उल्लेख्य सुधार गर्ने २० राष्ट्रभित्र परेका छन् । प्रतिवेदनअनुसार भुटान ८९औं स्थानमा छ । बंगलादेश १६८, अफगानिस्तान १७३, श्रीलंका ९९, पाकिस्तान १०८ र माल्दिभ्स १४७ स्थानमा छ ।

प्रतिवेदनले दक्षिण एसियामा व्यवसाय गर्न १४.५ दिन लाग्ने देखाएको छ । जबकि विश्वमा यो समयावधि १९.४ दिन रहेको छ ।

प्रतिवेदनअनुसार नेपालले व्यवसाय सुरु गर्ने तहको अवस्थामा भने सुधार गर्न सकेको छैन । सुरुवात चरणमा हुने झन्झटका कारण लगानीकर्ता भित्रिने सम्भावना न्यून हुने अर्थविदहरू बताउँछन् । राजधानी दैनिकले खबर छापेकाे छ ।