५ कार्तिक २०८३, बिहिबार

स्थायी शिक्षकको व्यथा, जिल्ला र केन्द्र धाउँदै बित्यो ५ महिना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८कात्तिक । कास्कीका चेतनारायण लामिछाने गत जेठमा स्थायी शिक्षकमा छनोट भए। शिक्षक सेवा आयोगले लिएको परीक्षामा उनी संस्कृत भाषा विषयको शिक्षकमा छानिएका हुन्।

आयोगले नतिजा प्रकाशन गरेको पनि पाँच महिना पूरा हुन लागिसकेको छ। तर, लामिछानेले अहिलेसम्म स्कुलमा हाजिर गर्न पाएका छैनन्।

सँगै स्थायी भएका अन्य विषयका शिक्षकले तलब भत्तासमेत पाइसकेका छन्। उनी भने आफूले पढाउने स्कुल कुन हो भन्ने जान्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र धाएरै दिन बिताइरहेका छन्।

आयोगले स्थायी भएका शिक्षकको नाम त्यतिखेरै केन्द्रलाई सिफारिस गरेको थियो। सिफारिसका आधारमा केन्द्रले लामिछानेलाई कास्कीको चिसोखोला वेद विद्या श्रममा हाजिर हुन पठाएको थियो। तर, उनलाई विषय नमिल्ने भन्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले उक्त विद्यालयमा पठाउन नमिल्ने बतायो।

आफूलाई उक्त विद्यालयमा पढाउन कुनै समस्या नभएको र जुन विषय पनि पढाउन सक्ने लामिछानेले केन्द्रलाई बताएका थिए।

तैपनि केन्द्रले उक्त विद्यालयमा पदस्थापना गराउन नमानेपछि लामिछाने केन्द्रमै फर्के। ‘संस्कृत भाषा भनिए पनि योभित्र विभिन्न विषय हुन्छन्। हामीलाई जुन विषय पढाउन पनि समस्या हुँदैन’, लामिछानेले भने।

कास्कीबाट फर्किएपछि उनी फेरि भक्तपुरको शिक्षा तथा मानव स्रोत विकास केन्द्र गए। विज्ञापन गर्दा पश्चिमाञ्चल विकास क्षेत्र भनिए पनि कास्कीलाई नै केन्द्रित गरिएको केन्द्रले जानकारी गरायो।

तर शिक्षा मन्त्रालयका उच्च अधिकारीको दबाबमा लामिछानेलाइर्ए उक्त विद्यालयमा पदस्थापना गराउन नसकिएको स्रोतको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।