काठमाडौँ, १४ फागुन । सरकारले पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी सङ्गीना वैद्यलाई रु १५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
मन्त्रिपरिषदको विहीवारको बैठकले तेक्वान्दो खेलमा उहाँले गरेको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो ।
उखुको मूल्य निर्धारण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको छ ” मन्त्रिपरिषद्को अर्को निर्णयबारे जानकारी दिँदै मन्त्री रिजालले भन्नुभयो ।
त्यसैगरी बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा यमराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया