मुम्बई । सलमान खान अहिले सुपरहिट चलचित्र ‘किक’को सिक्देवल कहानी लेख्नमा व्यस्त छन् । साथै हरिण मारेको आरोपमा परेको मुद्दामा अदालतमा पनि धाइरहेका छन् ।
चलचित्र ‘किक’ दर्शकले खुबै मनपराएका सलमान खान र जैकलीन फर्नांडिसको जोडी फेरि संगै देखिने खबरहरु सार्वजनिक भएका छन् । सलमानले जैकलीनसंग रोमान्स गर्ने बुझिएको छ ।
किकमा रोमान्स गर्न नपाएकी जैकलीनले अब त्यो मौका पाउने भएकी छिन् । करण जौहरको आगामी चलचित्रमा जैकलीनले सलमानसंग रोमान्स गर्न पाउने भएकी हुन् ।
तर यो जोडीलाई चलचित्रमा समावेश गराउने भन्ने कुराको फाइनल भइसकेको छैन् । यसअघि किकका यी दुइ जोडीलाई दर्शकले पर्फेक्ट भनेका थिए ।
यो चलचित्रले सय करोड भन्दा बढी कमाएको थियो । अबको चलचित्रमा सञ्जयदत्तको भुमिका पनि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो जोडीले करण जौहरको चलचित्र ‘शुद्वि’ मा रोमान्स गर्न लागेका हुन् । पहिला चलचित्रमा ऋतिक र करीना कपूरले अभिनय गर्ने खबर वाहिर आएका थिए ।
यो जोडीले नखेल्ने भनेपछि सलमान र जैकलीनको जोडी छानिएको हो । चलचित्र प्रसिद्ध उपन्यास इमार्टल्स अफ मेलुआ मा आधारित छ ।














प्रतिक्रिया