११ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले यो वर्ष पनि दशैँको टीका लगाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार भोलि दिउँसो २ देखि ४ बजेसम्म मन्त्रीगण, सांसद्, विशिष्ट व्यक्ति र पार्टीका नेताहरूलाई प्रधानमन्त्री ओलीले टीका लगाइदिनेछन् ।

त्यस्तै, दिउँसो ४ देखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि दशैँको टीक लगाइदिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  पनि भोलि दशैँको टीका लगाइदिने कार्यक्रम रहेको छ ।