११ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीले योपटक पनि दशैँको टीका लगाइदिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष पनि दशैंको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै टीकाको दिन दिउँसो १ देखि २ बजेसम्म मन्त्रिपरिषद् र संसद् सदस्य तथा संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाउने कार्यक्रम सार्वजनिक गरेको हो ।

त्यस्तै, २ः३० देखि ३ः३० बजेसम्म सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले अघिल्ला वर्षहरुमा पनि टीका लगाइदिने गरेकी थिइन् । तर, कतिपयले यसलाई विरोध गर्दै आएका छन् ।