
काठमाडौँ, १४ असोज । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले प्ले कार्डसहित प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।
प्रदर्शनमा संलग्न उनीहरुले ‘नो मिन्स नो..’, ‘बलात्कार आरोपको सत्यतथ्य छानबिन गर’ ‘बलात्कार आरोपीलाई हिरासतमा लेउ’ लेखिएका पम्पप्लेट समातेर विरोध गरेका थिए ।
महरामाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका छन् । नेकपाका सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भने पनि सभामुखबाट मात्रै राजिनामा दिएका छन् ।
यो पनि पढ्नुहोस्











प्रतिक्रिया