
काठमाडौँ, १४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाकाे आकस्मिक सचिवालय बैठकले यौन दुराचारको गम्भीर आरोप लागेका महरालाई राजीनामा दिन निर्देशन दिएको हो ।
बैठकले महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि महरालाई राजीनामा दिन सुझाएका थिए । यस विषयमा नेकपाका शीर्ष नेताहरुले आज बिहान मात्रै पनि छलफल गरेका थिए भने महराले नेकपा नेतृत्वसँग परामर्श गरेका थिए ।
सभामुख महरामाथि संसद सचिवालयकी महिला कर्मचारीलाई ‘बलात्कार गरेको’ आरोप लागेको छ । आइतबार राति ती महिलाको कोठामा पुगेर महाराले जर्वजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।











प्रतिक्रिया