६ कार्तिक २०८३, शुक्रबार

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असाेज । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन् ।

यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन् ।

रिपोर्टर्स क्लबमा बिहीबार आयोजित अन्तर्कृयामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिनुभयो– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

सोही अवसरमा एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले यथास्थितिमा एमबीबीएस तथा बीडीएसमा विद्यार्थी भर्ना नलिने बताउँदै भन्नुभयो– ‘सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क तोकेको छ। यो शुल्कमा सरकार आफैले पढाएर देखाओस्।’

काठमाडौं विश्वविद्यालयले प्रक्रिया नै नपुगेको कलेजलाई सम्बन्धन दिएको विषयलाई लिएर विवादित विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की, नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनोडियाले पनि आफूले तोकेको शुल्कमा कलेज चलाएर देखाउन सरकारलाई चेतावनी दिनुभयो।

कानूनविद् ओमप्रकाश अर्यालले मेडिकल कलेजहरूले अवैधरूपमा शुल्क उठाउँदा समस्या आएकाले आफूलाई कानुनभन्दा माथि नठान्न सुझाव दिनुभयो।

बढी शुल्कको विरोधमा गत माघदेखि आन्दोलनरत विद्यार्थीहरूले भने निजी मेडिकल कलेजलाई सरकारीकरण गर्न सरकारसँग आग्रह गरेका छन्।