६ कार्तिक २०८३, शुक्रबार

ठूला नेताहरूको गुटबन्दीले नेकपाभित्र विवाद, प्रदेश २ मा भाँडभैलाे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ असाेज । नेताहरूको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरूको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरूको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ ।

प्रदेश नं २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधवकुमार नेपाल तथा पूर्व माओवादी समूहका नेताहरूबीच टकराव देखिएको छ ।

प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिव लगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योगमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुलिएको भन्दै उनीहरूलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।