काठमाडाैं, ८ असाेज । काठमाडाैंकाे भोटेबहालमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भीम लामालाई उपचारका लागि वीर अस्पताल लगिएको थियो ।












प्रतिक्रिया