१५ कार्तिक २०८३, आइतबार

नौ सय किमी सडक कालोपत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ७ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताउनु भएको छ ।

आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको छ भन्नुभयो ।

जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने समेत उहाँको भनाइ छ । तीन तहमा जनप्रतिनिधि र २० हजारभन्दा बढी कर्मचारी कार्यरत रहँदा प्रशासनिक खर्च भने बढेको जस्तो देखिए पनि तीनै तहका सरकारबाट अहिले घरआँगनबाटै सेवा पाउँदा जनतालाई धेरै सजिलो भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा ९०० किमी सडक कालोपत्र भएको र यो अहिलेसम्मकै बढी सडक कालोपत्र भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश नं ५ सरकारले २०० किमीभन्दा सडक कालोपत्र गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोखरेलले यही अनुपातमा सात वटै सरकारले कालोपत्र गरे बर्से्नि एक हजार ४०० तथा प्रत्येक स्थानीय तहले वर्षमा पाँच किमी सडक कालोपत्र गरे तीन हजार ५०० किमीभन्दा बढी कालोपत्र हुने उल्लेख गर्नुभयो । –रासस