६ कार्तिक २०८३, शुक्रबार

लगातारकाे चट्याङपछि कार्टुन फ्याक्ट्रीमा आगलागी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

चितवन, ७ असोज । कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा लगातारको चट्याङपछि आगलागी भएको छ । बिहान पौने तीन बजेतिर आगलागीको भएको हो ।

आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट गरेको छ । आगलागीको क्षतिको अनुमान तत्काल गर्न असम्भव देखिएको छ ।

आगोको ज्वाला नियन्त्रणमा आएको छ तर कागजको थुप्रोमा लागेको सबै खाले आगो निभाउन १० बजेसम्म लाग्ने घटनास्थलमा खटिएका प्रहरीले बताए ।

भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकलले आगो निभाइरहेका छन् । घटनास्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी पनि आगो निभाउन खटेको, कान्तिपुरले छापेकाे छ ।

घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन । समयमै दमकल र उद्धारकहरु आएका कारण आगोको ज्वाला टाढा टाढा फैलन नपाएको स्थानीयले बताए । कारखाना नजिकै बस्तीका आवासीय घरहरु छन् ।