६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले उद्घाटन गरिएका बस ग्यारेजमै थन्किए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ५ असाेज । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।

प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिएपनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन ।

टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।