१६ कार्तिक २०८३, सोमबार

स्वतन्त्र सेनानी गुप्ताको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, ४ असोज । वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ ।

विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गाैला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उहाँको शुक्रबार साँझ निधन भएको थियो ।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लाग्नुभएका उहाँले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाउनु भएको थियो । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । –रासस