१६ कार्तिक २०८३, सोमबार

स्वास्थ्य अवस्था गम्भीर भएपछि गोविन्द केसीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

इलाममा अनसन बसेका केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।

कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको र पिसाबमा ‘एसिटोन’को मात्रा बढेको इलाम अस्पतालले जनाएको छ।

केसी यसअघि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनसन बसेका हुन् ।