६ कार्तिक २०८३, शुक्रबार

चीन सरकारबाट किनिएका छ वटा विमान निगमलाई घाँडाे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १ असाेज । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका ६ वटा चिनियाँ जहाज नेपाल वायुसेवा निगमका लागि घाँडो बनेको छ ।

पाइलटको अभाव तथा पार्टपुर्जाको सहज उपलब्धता नभएकाले ती जहाज पूर्णरुपमा सञ्चालन हुन सकेको छैनन् ।

अहिले निगमसँग ५६ सीट क्षमताका दुईवटा एमए–६० र १७ सीट क्षमताका चारवटा वाई–१२ इ गरी ६ वटा चिनियाँ जहाज छन् । सरकारले २०७१ सालमा एक/एकवटा र २०७४ मा चारवटा गरी ६ चिनीयाँ जहाज ल्याएको थियो ।

निगमका चार वाई–१२ यीमध्ये तीनवटा मात्रै उडानयोग्य छन् भने जनशक्ति र पार्टपूर्जाको अभावमा दुईवटाले मात्र नियमित उडान गरिरहेका छन् ।

एउटा वाई–१२ ई भने करीब ७ महिनादेखि ग्राउन्डेड छ । त्यस्तै दुईवटा एमए–६० मा एउटामात्रै उडान योग्य  रहेकाे समाचार आर्थिक अभियान दैनिकले समाचार छापेकाे छ ।