मुम्बई । सलमान खान आफ्नो हरेक भनाईबाट चर्चामा आउने गर्छन् । यसपटक उनले क्रिकेटर विराट कोहलीलाई लिएर केही नयाँ कुरा भनेका छन् । त्यो कुराले बबाल मच्चाएको छ ।
सलमान खानले दुबईमा एक ज्वेलरी स्टोरको ओपनिंग कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै विराट कोहलीलाई मेट्रोसेक्सुअल भनेका छन् । साथै उनले विराटलाई ‘चिकने छोरा’ को नामले सम्बोधन गरेका छन् ।
सञ्चारकर्मीसंग कुराकानी गर्दै सलमान भने-‘मलाई लाग्दैन की म विराट कोहली जस्तो छु, म विराट जति चिकना देखिदैन्, यार, उनी त मेट्रोसेक्सुअल लाग्छन् ।’ यो भनाईले सलमान अहिले चर्चामा आएका हु्न् ।
यो भनाईमा क्रिकेटर विराट कोहलीले प्रतिक्रिया दिएका छैनन् । उनी अहिले विश्वकप क्रिकेटका सिलसिलमा टिम इण्डियाबाट अष्ट्रृेलियाको मेलबर्न सहरमा छन् ।














प्रतिक्रिया