
काठमाडौं, ३० भदौ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ ।
काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो
भोजपुर हचुवागढी गाउँपालिका-३ का घर भएका राई हाल मनमैंजुस्थित शुभकामना चोकमा बस्दै आएका छन् । राईले ११ वर्षीया बालिकालाई बसमै लगेर बलात्कार गरेका थिए ।
उनले बालिकाकी साथी १० वर्षीया अर्की बालिकालाई पनि अनैतिक क्रियाकलाप गरेको प्रहरीले जनाएको छ ।
बलात्कारपछि राईले बालिकालाई उनीहरुकै कोठामा लगेर छाडेका थिए ।











प्रतिक्रिया