सिरहा । जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादवलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ माडरस्थित क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया