१२ मंसिर २०८३, शनिबार

जब भट्टीवालाले प्रहरीलाई एक हजार दिन खोजे…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० भदौ । प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक भट्टी पसलका साहुजीलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा एक हजार दिई प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।