काठमाडौं, ३० भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाेस्राे अध्यक्ष पुष्पकमल दाहालले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडाैंमा साेमबार भएकाे कार्यक्रमलाइ सम्बाेधन गर्दै दाहालले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिएका हुन् ।
उनले हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताए ।
‘ठूलो बलीदानीबाट प्राप्त उपलब्धी भत्काउन सकिन्छ कि, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमाथि नै आक्रमण गर्न सकिन्छ कि भनेर घेराबन्दी भइरहेको छ’, उनले भने, ‘परिवर्तनलाई रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता हो ।’
दाहालले चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको बताए ।











प्रतिक्रिया