
-प्रतिक पौडेल
भैरहवा, २० भदौ । लुम्बिनी बौद्ध विश्वविध्यालयले १० बर्षीय योजना सार्वजनिक गरेको छ ।
विश्वविध्यालयले सन् २०२०-२०३० गरि १० बर्षीय दुरगामी योजना कार्यान्वयन गर्न यसका लक्ष्य, रणनिती, परिकल्पना र नीति सार्वजनिक गरेको हो ।
विश्वविध्यालयको उपकुलपती प्रा. डा. हृदयरत्न बज्रचार्यका अनुसार विश्ववध्यालयले योजनामा लिएका लक्ष्यहरुमा शान्ति तथा दिगो विकासको लागि बौद्ध दर्शन, ज्ञान, साहित्य, कला, संस्कृति, शिक्षा, विज्ञान एवं अन्य सान्दर्भिक बिषय क्षेत्रको शिक्षण, अध्ययन तथा अनुसन्धानको उत्कृष्ट केन्द्रको रुपमा विश्वविध्यालय स्थापना गर्ने, अध्ययन अनुसन्धान एवम् शैक्षिक क्रियाकलापमा सहयोग जुटाउन, सहकार्य गर्न एवम् शैक्षिक आदान प्रदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र संजालको अभिवृद्धि गर्नेछन् ।
यस्तै, विश्वविध्यालयको शैक्षिक प्रणाली र समाजको बीचमा अन्तक्रियात्मक सम्पर्क एवं सम्बन्धलाई संस्थागत रुपमा विकास गर्दै शिक्षाको गुणस्तरीयता, सान्धर्भिकता र समसामयिक उपयोगितालाई अभिवृद्धि गर्ने, शान्ति, सद्भाव, मैत्री, करुणा युक्त दिगो विकासको लागी ज्ञान, सीप एवं शील सम्पन्न उपयुक्त ग्रजुयटहरुको उत्पादन गर्ने लक्ष्यहरु रहेको छ ।
बज्रचार्यले चार प्रमुख रणनितीहरु विश्वविध्यालयले तय गरेको बताए । जसमा स्थापित बौद्ध दर्शन, ज्ञान एवं शैक्षिक प्रणाली (थेरवाद, महायान र बग्रयान) को सम्बर्द्धन एवं प्रवर्द्धन गर्दै संस्थागत विकास गरि नेपाललाई ती दर्शन र ज्ञानको उर्जामय केन्द्रको रुपमा स्थापना गर्ने, बौद्ध विद्वान र प्राज्ञहरुको प्रेरणा र सहयोगमा अध्ययन, अनुसन्धान, गोष्ठी, सभाका उत्कृष्ट केन्द्रहरुको स्थापना गर्ने रहेका छन् ।
यस्तै, बौद्ध दर्शन र शिक्षाको मुल प्रवाहसहित नेपाली समाजका उदाहरणीय पक्षहरु समेट्दै आर्थिक र समाजिक अवस्थितीसँग समय सान्दर्भिक एवं नव युवापिढिहरुको आकांक्षा अनुकुल शान्ति र समृद्धी केन्द्रित दिगो विकासको लागि उपयोगी नवप्रवर्तनात्मक शैक्षिक कार्यक्रमहरुको विकास एवम् संचालन गर्ने र बौद्ध समाज संस्कृति एवम् परम्पराका उदाहरणीय पक्षहरु समेट्दै ज्ञानमा आधारित समाजको विकासका लागि विश्वविद्यालय एवम् प्राज्ञिक वर्ग तथा समाजबीच अन्तक्रियात्मक सम्बन्ध एवम् सहकार्यको अभिवृद्धि गर्ने रहेको छ ।
बज्रचार्यका अनुसार विश्वविध्यालयले सात वटा आयोजनाको परिकल्पना गरेको छ, जसमा लुम्बिनीलाई बौद्ध अध्ययन अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने, बृहत्तर बौद्ध पुस्तकालयलप विकास गर्ने, अनुसन्धात्मक कार्यक्रमहरु संचालन गर्ने, देवदहमा विश्वविध्यालयको लागि १ सय बिगाहा भन्दा बढी सामुदायिक वन तथा सम्पदायुक्त क्षेत्रहरु उपलब्ध हुदैछ जसमा विश्वविध्यालयले तपोवनका रुपमा विकास गर्ने तिनवटा कार्यक्रम संचालन गर्ने योजना बनाएको छ ।












प्रतिक्रिया