१३ मंसिर २०८३, आइतबार

कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ? यसो भनिन् निजी चिकित्सकले

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका निजी चिकित्सकले बताएका छन् ।

भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न त्यसतर्फ गएका प्रधानमन्त्री आज फर्किसँगै उनको सचिवालयले स्वास्थ्यबारे जानकारी गराएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ती जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य जनाएकी छन् ।

डा.शाहले विज्ञप्तीमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ ।

‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ’, डा. शाहले भनेकी छन् ।