१३ मंसिर २०८३, आइतबार

सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको निर्णय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । सरकारले कर्मचारी संयन्त्रसहितका कतिपय ठाउँमा गरेका हस्तक्षेप नरोके आन्दोलनमा जाने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दलले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नेपाली कांग्रेसले अघि सारेका विषयमा सरकार गम्भिर भएर सम्बोधन गर्न चुके आन्दोलनको विकल्प नहुने सह–महामन्त्री डा. प्रकाशशरण महतले बताए ।

कांग्रेसले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ ।

यसैबीच, कांग्रेसले पार्टीका भ्रातृ संगठनका राष्ट्रिय सम्मेलनहरूका विषयमा पनि सहमति गरेको छ । उसले ६ महिना समयसीमा थप्ने निर्णय गरेको हो ।