काठमाडाैं, १७ भदाै । काम गर्न नसकेकाे भनेर आलाेचना भइरहेका बेला काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा प्रस्थान गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन भन्दै उनीहरू साेमबार फिनल्याण्ड गएका हुन् ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर र उपमेयर पाँच दिने भ्रमणका लागि फिनल्याण्ड गएकाे जनाए ।
मेयर र उपमेयर नै भ्रमणमा गएपछि महानगरको दैनिक प्रशासनिक लगायत कामकाज हेर्ने गरी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।











प्रतिक्रिया